अछाममा चट्याङ लागेर चार जना घाइते
शनिबार, २० असार २०८३, ०८ : ४७
सारांश
- अछामको पञ्चदेवल विनायक नगरपालिका–८ गनिउलेमा शुक्रबार साँझ चट्याङ लागेर चार जना घाइते भएका छन्।
- घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
- उनीहरू बाहेक अन्य चार जना सामान्य घाइते भई घरमै छन्।
कैलाली । अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
उनकाअनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको अस्पतालमा उपचार भइरहेको छ । उनीहरू बाहेक अन्य चार जना पनि चट्याङ लागेर सामान्य घाइते भएका छन् । उनीहरू भने घरमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण