छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
आइतबार, २१ असार २०८३, ०९ : ३०
तनहुँ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपासको सामुदायिक वनलाई डिभिजन वन कार्यालयले धार्मिक वनका रुपमा घोषणा गर्दै छिम्केश्वरी पर्यटन समितिलाई हस्तान्तरण गरेको छ ।
शनिबार यहाँ आयोजित एक कार्यक्रममा उक्त कार्यालयका प्रमुख मनोज रानाभाटले समितिका अध्यक्ष कृष्ण तामाङलाई वन व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्दै पर्यटनको विकास, वन संरक्षण तथा हरियाली प्रवद्र्धनका निम्ति वन मन्दिरलाई प्रदान गरिएको बताए ।
योसँगै छिम्केश्वरी मन्दिर वरपरको ७.२१ हेक्टर वन क्षेत्र ‘छिम्केश्वरी धार्मिक वन’ का रूपमा हस्तान्तरण भएको छ । वन हस्तान्तरण कार्यक्रमपछि सोही स्थानमा ३०० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण