लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ, जसमा आर्थिक वर्ष २०८३-८४ को बजेटमाथिको सैद्धान्तिक छलफल हुनेछ।
- यसअघि बजेटको वितरण, योजना छनोट र स्रोत बाँडफाँटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाउँदा छलफल प्रभावित भएको थियो।
- बैठकमा बजेटमाथिको छलफलपछि आर्थिक मामिला मन्त्रीले विनियोजन विधेयक पेस गर्ने र सामाजिक विकास मन्त्रीले थारु समुदाय सम्बन्धी विधेयक विषयगत समितिमा पठाउने प्रस्ताव गर्नेछन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न आज (आइतबार) लुम्बिनी प्रदेश सभाको बैठक बस्दै छ। प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएपछि यसअघि बजेटमाथिको छलफल नियमित रूपमा अघि बढ्न सकेको थिएन। बजेटको वितरण, योजना छनोट तथा स्रोत बाँडफाँटप्रति सत्तारुढ दलकै केही सांसदले असन्तुष्टि जनाएपछि प्रदेश सभाको कार्यसूची प्रभावित बनेको थियो।
विभिन्न चरणमा भएको आन्तरिक छलफल तथा सहमतिपछि आजको बैठकबाट बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढाइने भएको हो।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रदेश सभा सदस्यहरूले बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिनेछन्। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिनेछन्।
त्यसपछि मन्त्री कार्कीले विनियोजन विधेयक प्रदेश सभामा पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’ विषयगत समितिमा पठाउने प्रस्ताव पनि सभामा पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण