सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
शनिबार, २० असार २०८३, २१ : ०१
काठमाडौँ । सशस्त्र प्रहरी बल ९एपीएफ० ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णयअनुसार प्रशासनिक आवश्यकता र संगठनको हितलाई ध्यानमा राखी सरुवा गरिएको जनाइएको छ ।
सरुवा भएका अधिकृतहरूले साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा राशन बुझ्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम गरिएको सरुवाको विवरण सम्बन्धित कार्यालय तथा राष्ट्रिय किताबखाना (प्रहरी) लाई पठाइएको छ । सरुवामा विभिन्न गण, गुल्म तथा अन्य इकाइमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ ।













Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण