शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाको दोस्रो लहरको सङ्केत : ४ राज्यमा एक हप्तादेखि निको हुनेभन्दा नयाँ संक्रमितको सङ्ख्या बढी

मङ्गलबार, ११ फागुन २०७७, ११ : १७
मङ्गलबार, ११ फागुन २०७७

भारतमा कोरोनाभाइरस संक्रमणको संकट फेरि बढ्दै गइरहेको देखिएको छ । पछिल्लो २४ घण्टामा १३ राज्य र केन्द्र शासित प्रदेशमा निको हुने भन्दा नयाँ संक्रमितको सङ्ख्या बढी पाइएको हो ।

यसमध्ये ४ राज्य र केन्द्र शासित प्रदेशमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आशंका गरिएको छ । यसमा महाराष्ट्र, पञ्जाब, जम्मू कश्मीर र चन्दीगढ सामेल छन् । महाराष्ट्रमा पछिल्लो १० दिन, पञ्जाबमा १२, चन्दीगढमा १० र जम्मू कश्मीरमा ७ दिनदेखि सक्रिय संक्रमितको सङ्ख्या बृद्धि भइरहेको छ । यता, केरलमा भने स्थिति नियन्त्रणमा आउन थालेको छ । त्यहाँ सोमबार २८ सय ४१ सक्रिय संक्रमित कम भएका छन् ।

लगातार ५ दिनसम्म सक्रिय संक्रमित बढिरहेको भारतमा सोमबार केही राहत मिलेको छ । देशभरको आँकडामा कूल नयाँ संक्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी थियो । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १० हजार ४९३ जना नयाँ संक्रमित फेला पर्दा १३ हजार २३० जना निको भए । यही अवधिमा ७६ जनाले ज्यान गुमाए ।

भारतमा हालसम्म १.१० करोड जना संक्रमति भइसकेका छन् भने १.०७ करोड निको भएका छन् भने १ लाख ५६ हजार ४९८ जनाले ज्यान गुमाएका छन् । १ लाख ४४ हजार ३३२ जनाको उपचार भइरहेको छ ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप