शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स चढेको कार दुर्घटना

बुधबार, १२ फागुन २०७७, १० : ००
बुधबार, १२ फागुन २०७७

क्यालिफोर्नियाको लस एन्जिलिसमा भएको कार दुर्घटनामा अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स गम्भीर घाइते भएका छन् ।

टाइगर वुड्सको खुट्टामा थुप्रै चोट छन् जसका कारण उनको शल्यक्रिया गर्नुपरेको छ ।

१५ पटक गोल्फ मेजर च्याम्पियन भइसकेका ४५ वर्षीय टाइगर वुड्सका एजेन्ट मार्क स्टिनबर्गका अनुसार उनको शल्यक्रिया भइरहेको छ ।

लस एन्जिलिसमा काउन्टी सेरिफ एलेक्स भिलान्यूभाले वुड्सलाई दुर्घटना स्थलमा सचेत अवस्थामा नै भेटिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप