काँग्रेस र ओली समूहको समीकरणमा सरकार बन्न सक्छः मोहनविक्रम सिंह
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले काँग्रेस र ओली समूहको समीकरणमा सरकार बन्न सक्ने बताएका छन् । प्रगतिशील पत्रकार संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले सो कुरा बताएका हुन् ।
यद्यपि उनले ओली समूह र काँग्रेसको समीकरणमा बन्न नसके प्रचण्ड–माधव समूह र मधेसवादी दलको समीकरणमा सरकार बन्ने सम्भावना रहेको समेत बताए । अध्यक्ष सिंहले अब बन्ने सरकारले एमसीसी ल्याउन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिंदै उक्त सरकारको नीति र कार्यक्रमका आधारमा पार्टीले समर्थन र विरोध गर्ने जानकारी दिए ।
भारतले नेपालमा अस्थिरता चाहेको र अमेरिकाले एमसीसी ल्याएर नेपालमा सैन्य शक्ति भित्र्याउन खोजेको उनको आरोप थियो । उनले भने, ‘राजावादी, भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिको सक्रियताले नयाँ प्रकारको जटिलता आउन पनि सक्छ ।’ सर्वोच्च अदालतको फैसलालाई धन्यवाद दिँदै उनले संसद पुनः स्थापनापछि देशमा नयाँ परिस्थिति पैदा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण