काँग्रेस र ओली समूहको समीकरणमा सरकार बन्न सक्छः मोहनविक्रम सिंह
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले काँग्रेस र ओली समूहको समीकरणमा सरकार बन्न सक्ने बताएका छन् । प्रगतिशील पत्रकार संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले सो कुरा बताएका हुन् ।
यद्यपि उनले ओली समूह र काँग्रेसको समीकरणमा बन्न नसके प्रचण्ड–माधव समूह र मधेसवादी दलको समीकरणमा सरकार बन्ने सम्भावना रहेको समेत बताए । अध्यक्ष सिंहले अब बन्ने सरकारले एमसीसी ल्याउन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिंदै उक्त सरकारको नीति र कार्यक्रमका आधारमा पार्टीले समर्थन र विरोध गर्ने जानकारी दिए ।
भारतले नेपालमा अस्थिरता चाहेको र अमेरिकाले एमसीसी ल्याएर नेपालमा सैन्य शक्ति भित्र्याउन खोजेको उनको आरोप थियो । उनले भने, ‘राजावादी, भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिको सक्रियताले नयाँ प्रकारको जटिलता आउन पनि सक्छ ।’ सर्वोच्च अदालतको फैसलालाई धन्यवाद दिँदै उनले संसद पुनः स्थापनापछि देशमा नयाँ परिस्थिति पैदा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ