भागरथी हत्या अनुसन्धान अन्तिम चरणमा
सोमबार, १७ फागुन २०७७, १४ : ३७
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टबारेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको माघ २१ मा हत्या भएको थियो । हत्या आरोपमा पक्राउ गरिएका १६ वर्षीय किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । बलात्कार–हत्या अनुसन्धान अन्तिम चरणमा पुगेको बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले रातोपाटीलाई बताए ।
उनले भने– ‘प्राविधिक जाँच गर्नुपर्ने सबै कुरा ल्याबमा पठाएको छौं, अब हामी अनुसन्धानको अन्तिम चरणमा पुग्यौं ।’ हत्यामा संलग्न आरोपीलाई प्रहरीले फागुन ४ मा पक्राउ गरेको थियो । आरोपी बालक भएकाले २१ दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा