शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले मन्त्री बनाइदिने आश्वासन दिएको भन्दै समाचार आएपछि सांसद् श्रेष्ठको आपत्ति

मङ्गलबार, १८ फागुन २०७७, ११ : ४२
मङ्गलबार, १८ फागुन २०७७

केपी शर्मा ओली पक्ष नेकपा तनहुँका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने भनेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । उनले मंगलबार एक दैनिक पत्रिकामा ‘तानातानमा सांसद’ शीर्षकमा प्रकाशित  समाचारमा आफ्नो  नाम जोडेर उल्लेख गरिएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सांसद श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई मन्त्री पदको आश्वासन आएको कुरा झुटो भएको बताएका छन् । 

उनले प्रतिनिधिसभाको पुनःस्थापना पछि नेकपाको विवाद संसदीय दलमा प्रवेश गरेको र सम्पूर्ण सांसदहरुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका वरिष्ठ नेताहरूले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा भएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘समाचारमा उल्लेख गरिए अनुसारको यो समुह वा त्यो समूहले मन्त्री पदको आश्वासन दिएको भनेर आएको समाचारमा कुनै विश्वसनीयता छैन । मसँग कुनै पनि प्रतिक्रिया नलिइकन अनुमानको भरमा राखिएको विषयवस्तुप्रति मेरो गम्भीर असहमति रहेको जानकारी गराउँदछु । उक्त समाचारको कारणले कुनै भ्रममा नपर्न र म जहिले पनि पार्टी एकताको पक्षमा रहेको जानकारी गराउँदै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायित्वको अभियानमा पनि सधैं लागिरहने प्रतिबद्धता जनाउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप