शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हरिबोल भट्टराईको स्वास्थ्यमा सुधार

शुक्रबार, २१ फागुन २०७७, १५ : २२
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेस(वीपी)का सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिबोल भट्टराईलाई हृदयाघात भएको छ ।  नेपाली कांग्रेस(वीपी)का सभापति हरिबोल भट्टराईको स्वास्थ्यवस्थामा अवस्थमा  सुधार आएको छ । घरमै रहेका नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । परिवारजनले उनलाई तत्काल स्टार हस्पिटलमा भर्ना गरेका थिए । त्यहाँ राखेर प्राथमिक उपचार गरिए पनि थप उपचार सम्भव नभएपछि चिकित्सकहरुको रिफर अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो । 

नर्भिकमा नेता भट्टराईको डा.जेपी जैसवाल नेतृत्वको मेडिकल टिमले राति ८ः३० बजे सर्जरी गरेको थियो । सर्जरी गरी ब्लक भएको तीनवटै आर्टरीमा स्टेन्ट राखिएको थियो ।  सर्जरीअघिदेखि नै नेता भट्टराईलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । हर्ट सर्जरी गरी स्टेन्ट राखेपछि बिस्तारै भेन्टिलेटरको सपोर्ट हटाइएको थियो । नेता भट्टराईले आजदेखि पूर्ण रुपमा होसमा आई अरुसँग कुराकानी पनि गर्न थाल्नुभएको डा. जैसवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप