विप्लवको आन्दोलन सेफ ल्याण्डिङः प्रधानमन्त्री
शुक्रबार, २१ फागुन २०७७, १५ : ५८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् । उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए ।
सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति भएको समाचार आएको भन्दै प्रधानमन्त्रीले त्यसो नभएर लामो छलफलपछि अहिलेको सहमतिमा आइपुगेको उनको भनाइ छ । उनले भने, ‘हामीले नगरा बजाएर वार्ता गरेनौं । वार्ताझैँ गर्यौं । जस्तो वार्ता हुन्छ त्यसैगरी गम्भीरताका साथ वार्ता गर्यौं ।’ उनले विप्लव र आफूबीच झण्डै १० वर्षदेखि नै विश्वासको वातावरण रहेको र त्यसैको जगमा अहिलेको सहमति भएको समेत भन्न भ्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा