तालबाराही मन्दिरमा भक्तजनले क्यू आर कोडमार्फत दान गर्न सक्ने
शनिबार, २२ फागुन २०७७, १४ : ०५
प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यू आर कोड हस्तान्तर प्रभु बैंकले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरेको छ ।
फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुन् ।
यो सुविधा सँगै मन्दिरमा भक्तजनहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर