रुकुम पश्चिममा नेकपाको कार्यालयमा एमालेको साइनबोर्ड
मङ्गलबार, २५ फागुन २०७७, १४ : ३९
रुकुम पश्चिम । सर्वोच्च अदालतले नेकपा विवादबारे गत आइतबार गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि विभिन्न जिल्लामा एमाले पार्टी कार्यालय स्थापनाको होड चलेको छ ।
सोही क्रममा रुकुम पश्चिमस्थित साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य खेम्मान खड्का र जिल्ला अध्यक्ष टंकप्रसाद ओलीको नेतृत्वमा मंगलबार नेकपा एमालेको साइनबोर्डसहित पार्टी कार्यालय स्थापना गरिएको हो ।
पार्टी एकताअघि सो कार्यालय एमालेकै रहेको र अहिले सर्वोच्च अदालतको फैसलापछि एमाले साविककै अवस्थामा आएकाले सो कार्यालय एमालेकै स्वामित्वमा आएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य ओमप्रकाश आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण