ज्योती लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, मंगलबारसम्म ५.६३ गुणा बढीले दिए आवेदन
काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने आज (बुधबार) अन्तिम दिन । कम्पनीले गत फागुन २१ गतेदेखि देखि २६ गतेसम्मका लागि निष्काशन गरेको कुल ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयरमा माग गरेभन्दा ५.३३ गुणा बढि आवेदन परिसकेको छ ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार मंगलबार साँझसम्म १५ लाख ७० हजार ४ सय १४ जनाले ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गरेकोमा त्यसको ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई, ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
यो आधारमा कम्पनीले सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा मंगलबार साँझसम्ममा माग गरेभन्दा ५.६३ गुणा बढी आवेदन परेको हो । थप आईपीओ निष्काशनको अन्तिम दिन बुधबार अधिक आवेदन पर्न सक्ने बिक्री प्रबन्धक एनएमबीले जनाएको छ ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ भने कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण