शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ज्योती लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, मंगलबारसम्म ५.६३ गुणा बढीले दिए आवेदन

बुधबार, २६ फागुन २०७७, १३ : २८
बुधबार, २६ फागुन २०७७

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने आज (बुधबार) अन्तिम दिन । कम्पनीले गत फागुन २१ गतेदेखि देखि २६ गतेसम्मका लागि निष्काशन गरेको कुल ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयरमा माग गरेभन्दा ५.३३ गुणा बढि आवेदन परिसकेको छ । 

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार मंगलबार साँझसम्म १५ लाख ७० हजार ४ सय १४ जनाले ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।  कम्पनीको कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गरेकोमा त्यसको ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई, ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

यो आधारमा कम्पनीले सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा मंगलबार साँझसम्ममा माग गरेभन्दा ५.६३ गुणा बढी आवेदन परेको हो । थप आईपीओ निष्काशनको अन्तिम दिन बुधबार अधिक आवेदन पर्न सक्ने बिक्री प्रबन्धक एनएमबीले जनाएको छ । 

लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ भने कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप