बल्खुमा सन्तोषीको हत्या आरोपमा श्रीमान पक्राउ
काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा ३३ वर्षीय सन्तोषी श्रेष्ठको हत्या आरोपमा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ । हत्या आरोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । सिंहले भने– ‘हत्या गरेको २४ घण्टा नबित्दै हामीले आरोपीलाई पक्राउ गरेका छौं ।’
सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव फेला परेको थियो । पति सन्तोष सापकोटा उर्फ यज्ञकुमारले ह्यामरले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीसँग स्वीकारेका छन् । लागुऔषध सेवन कर्ता समेत रहेका सन्तोष र पत्नीबीच पछिल्लो समय विवाद थियो । लकडाउन शुरु भएपछि उनी जोरपाटीस्थित माइतीघरमा बस्न थालेकी थिइन् ।
सोमबार सानेपास्थित सहकारीमा किस्ता तिर्न जाँदा उनी बल्खु स्थित घरमा छिरेकी थिइन् । आफ्ना बुवालाई फर्निचरको काम गर्न भक्तपुर पठाएर सन्तोषले योजनाबद्ध रुपमा पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
श्रीमतीको हत्यापछि उनको सिक्री, बाला र मुन्द्रा सन्तोषले निकालेका छन् । उनको साथबाट सुनका गहना र पत्नीले सहकारीमा तिर्न लगेको मध्ये ११ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
