राष्ट्रिय अखण्डताको पक्षमा दह्रोसँग उभिने नेतृत्व चाहिएको छ: टोपबहादुर रायमाझी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताएका छन् । आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताएका हुन् । आर्थिक समृद्धिमा टेवा पुर्याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भीक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रीत भइरहेको उनको भनाई छ ।
उनले भने– ‘हिजो हामीहरू राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी लडिरहेका छौँ । हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ । तर यो लडाइँ नलड्नुपर्ने हो यतिबेला । तर पनि हिजोको लडाइँको क्षेत्रबाट आएका अवशेषहरू, ती धङधङीहरु अहिले पनि देखा पर्छन् । केही समय रहन्छन् अझै ।
हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ । हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्वपूर्ण कुरा हो । कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पुर्याउँछ, त्यसको लागि शान्ति र स्थिरता कसले ल्याउनसक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ । अरुको गुलाम, अरुको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहिएको छ ।’
मन्त्री रायमाझीले नेपालको कृषिलाई सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताए । कृषिलाई ब्यक्तिवादी र निर्वाहमुखि चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकरण र व्यवसायीकरणमा लैजानुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
-
को बन्ला उत्कृष्ट मोडल ? (मनोनयन सूचीसहित)
-
कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह
-
अबदेखि प्रिगाबालिन औषधी बिना प्रेस्क्रिप्सन बेच्न नपाइने
-
पार्टीभित्र चरम निषेध र अपमान भएको आरोप लगाउँदै पूर्वसांसद लामाले भनिन्, ‘आजदेखि म स्वतन्त्र छु’
-
लागुऔषध रोकथामका लागि विशेष सुधार योजना ल्याउँदैछौँ : गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण