बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

को बन्ला उत्कृष्ट मोडल ? (मनोनयन सूचीसहित)

बिहीबार, २८ जेठ २०८३, १४ : १६
बिहीबार, २८ जेठ २०८३

सारांश

  • १३औं म्युजिक खबर म्युजिक अवार्डमा महिला लोकदोहोरी मोडलतर्फ करिष्मा ढकाल, जुना विश्वकर्मा, नारायणी खत्री, रविना भण्डारी र सुस्मिता गुरुङ शीर्ष ५ मा परेका छन् ।
  • अवार्डमा पुरुष लोकदोहोरी मोडलतर्फ विजय पुन, पल शाह, पुष्प खड्का, सुधिर श्रेष्ठ र सुनिल न्यौपाने मनोनयनमा परेका छन् ।
  • राष्ट्रिय भाव, पप, लोकदोहोरी, आधुनिक, चलचित्र लगायत ३३ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा ४०% भोटिङ र ६०% निर्णायकको मतले विजेता चयन हुनेछन् ।

काठमाडौँ । करिष्मा ढकाल, जुना विश्वकर्मा, नारायणी खत्री, रविना भण्डारी र सुस्मिता गुरुङ बिच सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलमा प्रतिस्पर्धा हुने भएको छ ।

 ‘१३औं म्युजिक खबर म्युजिक अवार्ड’को महिला मोडल लोकदोहोरी तर्फको सूचीमा ५ मोडलको शीर्ष ५ सूचीमा  उनीहरु  परेका हुन् । अवार्डमा उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष लोकदोहोरी तर्फ भने विजय पुन, पल शाह, पुष्प खड्का, सुधिर श्रेष्ठ र सुनिल न्यौपाने परेका छन् ।

विगत १३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको म्युजिक खबर म्युजिक अवार्डमा यो वर्ष राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, चलचित्र गीत लगायतका विविध ३३ विधामा सहभागी भएका स्रष्टा र सिर्जनाहरूलाई अवलोकन गरी उत्कृष्ट पाँचको मनोनयनको सूची सार्वजनिक गरिएको हो ।

निष्पक्ष जुरी टिमको मूल्याङ्कनका आधारमा २०८१ वैशाखदेखि २०८२ असार मसान्तसम्म बजारमा आएका गीतहरूलाई उत्कृष्ट स्रष्टा र सिर्जनाहरूलाई फाइनल प्रतिस्पर्धाका लागि छनोट गरिएको आयोजकले जनाएको छ । हरेक विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनामध्येबाट कुनै एक सर्वोत्कृष्ट घोषित भई अवार्ड चुम्नेछन् ।

अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाकार, सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरूमा अवार्ड प्रदान गरिने अवार्डकी संयोजक सबिता पोखरेलले बताइन् । पोखरेलका अनुसार मनोनयनमा परकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्ने छन् । 

यस्तो छ विधागत उत्कृष्ट पाँचको मनोनयन

१.उत्कृष्ट राष्ट्रिय भावको गीत

गोर्खाली हौ – डोन कार्की

राजनीति भनेको त – पारसमणि बराल

प्यारो नेपाल – प्रेम गुरुङ

हाम्रो देश – सुरेन्द्र खड्का

वीरताको देश – जेनिशा गौतम

२. उत्कृष्ट पप गीतकार

कौशिला अधिकारी – मायामा घात

डिपी तिवारी – छुट्यो पिरिम

महेन्द्र जो जो – पहाडी बाटो

धनबीर थापा – बादलपारी

रमेश कोइराला – तिमीलाई सम्बोधन

३. उत्कृष्ट पप संगीतकार

विनय कार्की क्षेत्री – मायामा घात

सिएल शर्मा – नाइँनभन

अर्जुन पोखरेल – ओइ नक्कले

विपी वाग्ले – पिरतीको बाह्रखरी

हरि गिरी विमर्शी – महङ्गो महङ्गो ड्रेस

४. उत्कृष्ट पप गायक

छिरिङ भुटिया – पहाडी बाटो

दुर्गेश थापा – दुश्मन हेरेको हेरै

प्रताप दास – तिमीलाई सम्बोधन

रविन श्रेष्ठ – प्रिय जिन्दगी

विनय कार्की क्षेत्री – नयाँनयाँ

५.उत्कृष्ट पप गायिका

आश्रा कुँवर – इतिहास

दुर्गा खरेल – ओइ नक्कले

समिक्षा अधिकारी – आगो

बबिना किराँती – महङ्गो महङ्गो ड्रेस

एलिना चौहान – छुट्यो पिरिम

६. उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष लोकदोहोरी

विजय पुन – बोली हजुरको

पल शाह – करिमैले

पुष्प खड्का – सेतै दुध सेतै चौलानी

सुधिर श्रेष्ठ – तिम्रै माया लाउँछ नि

सुनिल न्यौपाने – युके लान्छु

७. उत्कृष्ट म्युजिक भिडियो मोडल महिला मोडल लोकदोहोरी

करिष्मा ढकाल – सेतै दुध सेतै चौलानी

जुना विश्वकर्मा – मेरो परान

नारायणी खत्री – करिमैले

रविना भण्डारी – हिमाली फूल

सुस्मिता गुरुङ – माया मोह

८. उत्कृष्ट निर्देशक लोकदोहोरी

कुमार केसी – सधैं मीठो बोली होस्

अशोक विश्वकर्मा – नमस्ते ढोगदियाँ

दिप गुरुङ – तिम्रै माया लाउँछ नि

जेरी भण्डारी – खोली सलल

सञ्जिव ठकुरी – लाम लाम माया लाम

९. उत्कृष्ट शब्द लोकदोहोरी

प्रसाद लामिछाने – सरर

सिताराम परियार – भागौला त्रिशुली तरेर

नविन राना – खोली सलल

रमेश परियार – नमस्ते ढोगदियाँ

बालकुमार श्रेष्ठ – रातो रिवनमा

१०. उत्कृष्ट भाका लोकदोहोरी

नविन परियार – जाम भो हिंड रेलैमा सलल

बालकुमार श्रेष्ठ – रातो रिवनमा

शितल गुरुङ – निरमसी

सागर विरही – बोली हजुरको

कृष्ण केसी – जवानीको उद्घाटन

११. उत्कृष्ट गायिका लोकदोहोरी

कविता खत्री – नमस्ते ढोगदियाँ

जुना श्रीष – धागो ऊनीको

दिपिका बयम्बु – सधैं मिठो बोली होस्

लक्ष्मी आचार्य – नौली हदेली

सिता श्रेष्ठ – रातो रिवनमा

१२. उत्कृष्ट गायक लोकदोहोरी

अर्जुन सापकोटा – दुःख साटम्ला

खेम सेन्चुरी – नमस्ते ढोगदियाँ

चिज गुरुङ – निरमसी

आर.के. गुरुङ – इन्द्रकमल

सचिन भट्टराई – युके लान्छु रेलिमै

१३.उत्कृष्ट लोकगीत

खोर्सानी डल्ले – भिषण मुकारुङ

निरुता खत्री – रामारोशन ताल

मेरो दिन आउला – दिपकराज विश्वकर्मा

मेरो जस्तो रगत छैन र – राजन भुजेल

सिता लामा – बनको चरी

१४. उत्कृष्ट कल्चरल गीत

चिजा तामाङ र चिज गुरुङ – लोभी आँखाले

सागर गुरुङ र बन्दना पाण्डे – दिल चोरी

शान्ति शाही, महेशकुमार औजी र दिपा रोकाया – घुम्टो ओढी

राजु परियार र मन्जु वि.क. – लमजुङ्गे ठाडो भाका

रेशम निर्दोष र सुशीला गौतम – गुल्मी चन्द्रकोट

१५. उत्कृष्ट नवप्रतिभा

आयुमी तामाङ   – ओइ सोल्टिनी

उत्साह कान्त मैनाली – कालो कोठी

निर्मला देवी बस्न्यात – पछ्यौरी किन्दिउँला नयाँ नयाँ

मनोहर शर्मा – तिम्रो मनमा कुन छ

रेखा पोखरेल – देखाउनलाई होइन नि माया

१६. उत्कृष्ट चलचित्र गीतकार

आनन्द अधिकारी – हेर्दाहेर्दैमा (लाज शरणम)

प्रभा बर्तौला – रातकिन हुन्छ हजुर (एन्जिला)

मुक्त उदास – यो मनले (१२गाउँ)

श्रवण मुकारुङ – राइमाहिलाले गाउँभुल्यो (डिग्री माइला)

युवराज काफ्ले – फकाउँछ काफ्ले (ऊनको स्वीटर)

१७. उत्कृष्ट चलचित्र संगीतकार

कालीप्रसाद बास्कोटा – राई माइलाले गाउँ छोड्यो (डिगी माइला)

कृष्ण भारद्वाज – हेर्दाहेर्दैमा (लाज शरणम्)

टंक बुढाथोकी – यो धनले (मनबिनाको धन)

थानेश्वर गौतम – रातकिन हुन्छ हजुर (एन्जिला)

दिपक शर्मा – रिमै (रिमै)

१८. उत्कृष्ट चलचित्र पाश्र्व गायक

आँशु लामा – रिमै (रिमै)

थानेश्वर गौतम – रात किन हुन्छ हजुर (एन्जिला)

सविन सुवेदी – त्यो मिठो जोवन (माग्ने राजा)

सुजन चापागाई – मखमली (ऊनको स्वीटर)

सुरज पण्डित – च्यातिएको चोली (लाज शरणम्)

१९. चलचित्र पाश्र्व गायिका

झुमा लिम्बू – फकाउँछ काफ्ले (ऊनको स्वीटर)

रचना रिमाल – त्यो मिठो जोवन (माग्नेराजा)

रिता केसी – रिमै (रिमै)

सुनिता थेगिम – राई माइलाले गाउँ छोड्यो (डिग्री माइला)

समिक्षा अधिकारी – हेर्दै आँखामा (वसन्त)

२०. उत्कृष्ट संगीत संयोजक

आदेश गुर्मछान – स्वर्ग झैं सैलुङ्ग

खेमराज गौतम – सोल्टिनीज्यू

झलक संगीतम – नशा लागेको

नरेन्द्र वियोगी – रात किन हुन्छ हजुर

याम थापा मगर – नखाउ परान

२१. उत्कृष्ट ध्वनि सम्पादन

एचबिएन किस्मत – दुःख साटम्ला

खडग बाजुराली – तिम्रै माया लाउँछ नि

विनोद परियार – कुन साइनोले

नरेश पाण्डे – मनको मान्छे

नरेश बिबिसी – ओइ नक्कले

२२. उत्कृष्ट म्युजिक भिडियो छायाकार

अजय रेग्मी – नमस्ते ढोगदियाँ

करण चैंसिर – जूनकिरी

बुद्ध थापा – मेरो जिन्दगीको

मदन कश्यप घिमिरे – अजम्बरी माया

विजय लामा – भागौंला त्रिशुली तरेर

२३. उत्कृष्ट म्युजिक भिडियो सम्पादन

दिनसन शाह – युके लान्छु

पदम सुवेदी – भागौला त्रिशुली तरेर

विनोद बम – माछि भुल्यो

सिलन लम्साल – ओइ नक्कले

सुजन कोइराला – आँसु उपहार

२४. उत्कृष्ट म्युजिक भिडियो मोडल महिलापप÷आधुनिक

अम्बिका तामाङ – स्वर्ग झैं सैलुङ्ग

एलिशा शर्मा – आगो लाइदिन्छु

झरना रिसाल – तिमी आँखा म नानी

मेनुका माझी – अजम्बरी माया

स्मारिका ढकाल – मेरो जिन्दगीको

२५. उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष पप÷आधुनिक

विकास लामिछाने – भोगाइ

दुर्गेश थापा – तिमी मेरो प्रिय मान्छे

मुकेश गुरुङ – तिमी बिना

सुशान्त कार्की – ओइ नक्कले

सुरेश कोल्ही – मेरो जिन्दगीको

२६. उत्कृष्ट म्युजिक भिडियो निर्देशक पप÷आधुनिक

कृष्णदेव रुपाखेती – दुखें धेरै दुख्न देउ

मौसम हिमाली – अन्टी लभर

राहुल शाह – आगो लाइदिन्छु

सुब्रतराज आचार्य – राहदानी

युवराज वाइबा – स्वर्गझैं सैलुङ्ग

२७. उत्कृष्ट युगल गायन पप÷आधुनिक

करन राज गिरी र कमला रेग्मी – हो नि हो

नित्य शिवा र राज निरौला – नाटक नपार

प्रतिमा केसी र सुरेश लामा – बन्धकी

प्रह्लाद तिमिल्सिना र सुमिना लो – स्वर्ग झैं सैलुङ्ग

युवराज चौलागाई र अनुष्का पाठक – शीरफूले माया

२८.उत्कृष्ट गीतकार आधुनिक

कल्याण श्रेष्ठ – यादहरु दुखिरहन्छ

कमल शर्मा आचार्य – भोगाई

विष्णु भण्डारी – हारजित

डम्बर याक्सो – मुस्कान छैन

केशव भट्टराई – धमिलियो आकाश आज

२९. उत्कृष्ट गीतकार महिला आधुनिक

अम्बिका गुरुङ – तिमी मेरो प्रिय मान्छे

चन्द्रज्योति आले – बधाई तिमीलाई

देवी पराजुली – प्यारी आमा

सिके प्रसाई रचना – यो कस्तो माया

सरला श्रेष्ठ दुखें – धेरै दुख्न देऊ

३०. उत्कृष्ट संगीतकार आधुनिक

अनिश श्रेष्ठ – अजम्बरी माया

बीबी अनुरागी – फूलको आफ्नै कथा छ

लक्ष्मण पोखरेल – दुखें धेरै दुख्न देउ

सरोज पोखरेल – तिमी मेरो प्रिय मान्छे

शंकर थापा स्माइल – मेरा सुरहरु

३१. उत्कृष्ट गायक आधुनिक

प्रविन बेडवाल – हृदयमा

महेन्द्रराज बराल – बनमारा

राज सिग्देल – मेरो जिन्दगीको

युवराज चौलागाई – बधाइ तिमीलाई

सुरेश लामा – माया बस्यो

३२. उत्कृष्ट गायिका आधुनिक

गीता पाण्डे – माछि भुल्यो

तृप्ति खड्का – मनको मान्छे

बानिका प्रधान – जुनले पनि

रचना रिमाल – प्यारी आमा

सारिका घिमिरे – गुनभुल्यौ

३३. उत्कृष्ट डायस्पोरा गीत

मनोज खड्का – तेजस्वी अप्सरा

पवन वली – इज्जत फालेको

नविन भट्टराई – गुल्मी पाउँदी मेरो गाउँ

निशा केसी – औंलामा जुनेली बुट्टा

निरुता पुन मगर – सुन माया

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप