शिक्षामन्त्रीले नियुक्ति सिफारिस परिवर्तन गर्न दबाब दिएकोमा काँग्रेसको आपत्ति
काठमाडौँ । शिक्षामन्त्रीले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न समितिका अध्यक्ष तथा सदस्यलाई पटक–पटक दबाब दिएको भन्दै नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । काँग्रेस शिक्षा विभागका सचिव डा.कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निःशर्त टुंगोमा पुर्याउन माग गरे ।
यसअघि शिक्षक सेवा आयोग (नवौ संशोधन) नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारीको सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्‍यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनौट समितिले २०७७ कार्तिक २२ गते आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी, सदस्‍यमा डा.डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई सिफारिस गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले गरेको उक्त सिफारिसलाई परिवर्तन गर्ने शिक्षामन्त्रीले पटक–पटक दबाब दिएको काँग्रेसको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण