नेपाल आइडलकी सज्जाको ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक
बुधबार, ११ चैत २०७७, १६ : ४७
१
काठमाडौंँ । रियालिटी शो ‘नेपाल आइडल सिजन–३’ की विजेता सज्जा चौलागाई र ‘द भ्वाइस अफ’ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजवंशीको स्वर रहेको गीत ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक भएको छ ।
हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय देख्न सकिन्छ । भिडियोले एकै गाउँका दुई किशोर किशोरीको गाउँले परिवेशमा झाँगिएको प्रेम व्यक्त गरेको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमला सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण