बागलुङ घटनाको छानविन गर्न काँग्रेस संसदीय दलको माग
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले बागलुङ घटनाको घोर भर्त्सना गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । विज्ञप्तिमा भनिएको छ, ‘चैत्र १५ गते आइतवार फागु पूर्णिमाका दिन बागलुङ र प्यूठान जिल्लाको सिमानामा पर्ने बडागाउँ गापा वडा नं. १० बल्देधुरीमा घटेको हिंसात्मक घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
खाणले काँग्रेस जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुँवर र कार्यकर्ता दिपक परियारलाई साङ्घातिक हमला गरी हत्या र अन्य केही व्यक्तिहरुलाई घाइते बनाइएको बताए । अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् काँग्रेसको ठहर रहेको उनले बताए ।
‘अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् भन्ने हाम्रो ठहर छ । तसर्थ, उक्त घटनाको छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई अविलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न नेपाली काँग्रेस संसदीय दल सरकार समक्ष जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । खाणले घटनामा परी घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उचित स्वास्थ्य उपचारका लागि सरकार समक्ष माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण