सरकार निर्माणको विषयमा काँग्रेसमा लफडा, बैठक नै सुरु हुन सकेन
शुक्रबार, २० चैत २०७७, ०६ : ००
काठमाडौं । नेपाली काँग्रेसमा वैकल्पिक सरकार निर्माणको विषयमा लफडा सुरु हुँदा केन्द्रीय समिति बैठक नै बस्न नसक्ने अवस्था खडा भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ६ः४० बजेसम्म बस्न सकेको छैन ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले वैकल्पिक सरकार निर्माणका लागि बैठक निर्णय लिनुपर्नेमा जोड दिएपछि बैठक बस्न नसकेको एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए ।
आज काँग्रेस निर्णय लिए भोलि माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने भन्दै पौडेलले पार्टी निर्णयमा पुग्नुपर्नेमा अडान लिएका छन् । सभापति शेरबहादुर देउवा भने वैकल्पिक सरकार निर्माणका लागि परिपक्व परिस्थिति नबनेकाले निर्णय लिन नसकिने अडानमा छन् । जसकारण बैठक नै अनिश्चित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण