शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा जिप दुर्घटनाः तीन जनाको मृत्यु (अपडेट)

मङ्गलबार, २४ चैत २०७७, १७ : २८
मङ्गलबार, २४ चैत २०७७

ओखलढुंगा । ओखलढुंगामा भएको  जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर मृत्यु भएको हो । दुर्घटनामा परी जीप चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाइते भएका छन् । उनलाई थप उपचारका लागी काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।

सामान बोकेर गइरहेको जिप बाटोबाट करिब सात सय मिटर तल खसेर भिरमा अड्किएको थियो ।  जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न कठिनाई भएको प्रहरीको भनाई छ । डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले घाइते तथा मृतकको उद्धार गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप