अनमोललाई लिएर ‘माइती घर २’ बनाउँदै भुवन
काठमाडौँ । पुरानो फिल्म ‘माइतीघर’को सिक्वेलको रुपमा ‘माइती घर २’ निर्माण हुने भएको छ । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले फिल्मको निर्माण गर्न लागेका हुन् ।
फिल्ममा मुख्य अभिनेता भने अनमोल केसी रहनेछन् अन्य कलाकार र प्राविधिक भने फाइनल हुन बाँकी रहेको छ । भुवन अहिले अर्काे फिल्म ‘पारस’को पनि काममा पनि ब्यस्त छन् । जसको हिरो पनि अनमोल केसी नै हुन् ।
भुवनकै निर्माण कम्पनी सुपर काजोल फिल्मस्को ब्यानरमा यी दुबै फिल्म निर्माण हुन लागेको हो । फिल्म ‘माइती घर २’ र ‘पारस’ मध्य पहिले कुन बन्छ भन्ने अहिले फाइनल नभएको भुवनले बताए ।
‘फिल्म ‘पारस’ र ‘माइतीघर २’ आफ्नै ब्यानरबाट निर्माणको तयारी गरेको छु’ अभिनेता भुवनले भने ‘दुइटै फिल्ममा हिरो अनमोल रहनेछन् ।’ कुन फिल्म पहिले बन्ने त्यो अहिले तय नभएको बताएका भुवनले दुबै फिल्मको काम भैरहेको जानकारी दिए ।
धेरै पहिले निर्माण भएको फिल्म ‘माइतीघर’ विएस थापाले निर्देशन गरेका थिए, भने निर्माण सुमाञ्जली फिल्मस्ले गरेको थियो । फिल्ममा माला सिन्हा, सिपी लोहनी लगायत कलाकारको अभिनय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं