जान्ह्वी कपुरलाई बिकिनीमा देखेर भड्किए प्रयोगकर्ताः भने, ‘श्रीदेवीको नाम खराब गरिरहेको छौ’
बलिउडकी सुन्दर नायिका जान्ह्वी कपुर मालदिभ्समा बिदा मनाएर भारत फर्किसकेकी छिन् । जान्ह्वीले मालदिभ्समा आफ्ना साथीहरुसँग असाध्यै मस्ती गरेको उनको सोसल मिडियामार्फत् देख्न सकिन्छ ।
जान्ह्वीले मुम्बई फर्किएपछि पनि आफ्नो तस्बिर सोसल मिडियामा सेयर गरिरहेकी छिन् । कतिपय तस्बिरमा जान्ह्वीको बोल्ड अवतार पनि देखिएको छ ।
उनको यो हट अवतारमा कति सोसल मिडिया प्रयोगकर्ताले तारिफ गरिरहेका छन् भने कतिले उनलाई ट्रोल गर्न पनि बाँकी राखेका छैनन् ।


जान्ह्वीको यो तस्बिरमा एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘श्रीदेवीको नाम खराब गरिरहेकी छिन् ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिम्रोभन्दा राम्रो बडी त मेरो छ ।’
जान्ह्वीको यो तस्बिरमा अहिलेसम्म ६ लाख ५१ हजार बढीले लाइक गरेका छन् ।
कामको कुरा गर्नुपर्दा जान्ह्वीलाई हालै राजकुमार राव र वरुण शर्मासँग फिल्म ‘रुही’ मा देखिएको थियो । अब जान्ह्वी कपुर गुड लक जेरी, तख्त र दोस्ताना टुजस्ता थुप्रै ठूला फिल्ममा देखिनेछिन् ।
जान्ह्वीको पछिल्लो फिल्मले बलिउड बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण