शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पेप्सीकोलामा इनारमा डुबेर ५ बर्षीया बालिकाको मृत्यु

आइतबार, २९ चैत २०७७, २१ : ३२
आइतबार, २९ चैत २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलामा ईनारमा डुबेर ५ बर्षीया बालिकाको मृत्यु भएको छ ।

दाङ घर भएका राजेश चौधरीको छोरी रोशिका चौधरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बालिकाको बुवा घर बनाउने मजदुर हुन् ।

घर बनाउनका लागि खनेको इनारमा डुबेपछि परिवारले निकालेर मदरल्याण्ड अस्पताल लगेका थिए । चिकित्सकले उनलाई मृत घोषणा गरे ।

शव परिक्षणका लागि त्रिवी शिक्षण अस्पताल महराजगञ्जमा पठाइएको छ । बालिका आमासँग दुई दिनअघि मात्रै काठमाडौं आएकी थिईन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप