शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोकथाममा सरकार उदासिन भएको काँग्रेसको आरोप, सरकारसँग ९ बुँदे माग

मङ्गलबार, ३१ चैत २०७७, १६ : २२
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसले कोभिड—१९ (कोरोनाभाइरस) महामारी नियन्त्रणमा सरकार उदासिन भएको आरोप लगाएको छ ।  कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावना हुनुका साथै फेरि संक्रमण विस्तार हुन सक्ने अवस्था रहेपनि सोको रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकार उदासिन भएको काँग्रेसले आरोप लगाएका हो । 

काँग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले मंगलबार जारी गरेको विज्ञप्तिमा अहिले संक्रमितको संख्या ह्वातै बढेको र गम्भीर विरामी भएर आइसियुमा बस्नु पर्ने संक्रमितको संख्या र मृतकको संख्या पनि बढ्दै गएको भन्दै भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई पार्टीले गम्भीर रुपमा लिएको उल्लेख गरेका छन् । 

यस्तो अवस्थामा संक्रमण रोक्न काँग्रेसले सरकारसँग ९ बुँदे माग गरेको छ । जसमा स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गरिनुपर्ने, सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच गरिनुपर्ने, कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाइनुपर्ने, खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्नुपर्नेलगायतका माग गरिएको छ । 

(१) गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस् ।

(२) अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस् ।

(३) कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस् ।

(४) कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पु¥याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस् । खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस् ।

(५) स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन । यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ । स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस् ।

(६) पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं ।

(७) देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ । साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजबुत गर्न समेत माग गर्दछौं ।  

(८) समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप