स्क्रिनमा मानिसहरुलाई गाली गरेर चर्चित भएका थिए रोडिजका रघु राम, अहिले कहाँ भए गायब ?
टिभी कार्यक्रम निर्माता तथा उद्घोषक रघु रामका हुन त थुप्रै पहिचान छन् तर जुन कुराका लागि उनी धेरैमाझ परिचित भए, त्यो हो उनको शो रोडिज । रघु रामले यो शोलाई निर्माण गर्नेदेखि निर्देशन गर्नेदेखि उद्घोषण गर्नेसम्मको काम गरिसकेका छन् । उनको यो शो यति धेरै लोकप्रिय भएको थियो कि यो शोको सिजन अहिलेसम्म पनि प्रशारण गरिँदैछ । शोको शैली परिवर्तन भइरह्यो तर रोडिज अहिले पनि चलिरहेको छ ।
रोडिजमा रघुले अडिसन दिने प्रतिस्पर्धीदेखि सहभागीसम्म लगभग सबैलाई बेस्सरी गाली गरेको देख्न सकिन्थ्यो । उनलाई यसैकारण धेरैले चिने पनि । रघुले शोमा यतिसम्मको गाली दिन्थे कि उनको भिडियो टिभीमा सेन्सर गरेर देखाउनु पर्दथ्यो ।
यद्यपि, अब उनलाई रोडिजमा देख्न पाइँदैन । प्रश्न यो उठ्छ कि धेरैले रुचाएका रघु आज कहाँ गायब छन् ? १५ अप्रिल सन् १९७५ मा जन्मिएका रघु आफ्नो नीजि र व्यावसायिक जीवनका लागि सधैं चर्चामा रहे । रोडिजपछि रघु कहाँ गायब भए भन्ने कुरालाई गुगलमा यति धेरै खोजियो कि रघुको विकिपिडिया पेजमा यसका लागि एउटा भिन्न सेक्सन नै बनाइएको छ । वास्तवमा रोडिजबाट रघु बाहिरिएपछि प्रशंसक यति रिसाएका थिए कि उनले आफैं आएर यसबारे स्पष्टिकरण दिनुपरेको थियो ।
अब कहाँ छन् रघुराम ?
रघुले रोडिजसँग काम गर्न छोडेपछि धेरैजसो काम अफ स्क्रिन गरेका छन् । उनी निर्माण र निर्देशनको काममा व्यस्त रहे । उनको ‘आइसा माई भर्चुअल गर्लफ्रेन्ड’ नामको वेब सिरिज लञ्च गरे र सन् २०१७ मा उनले ड्रपआउट प्रा.लि नामका एउटा रियालिटी शो ल्याए । रघु इक्का–दुक्का शोजमा पनि स्क्रिनमा देखिए तर रोडिजपछि उनको अन स्क्रिन करियर लगभग समाप्त नै भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल