फोटन पिकअप ‘एस्योर्ड बाईब्याक’ स्किम, एक्सचेन्ज बोनससँगै पाइनेछ यस्ता सुविधा
काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकलले पिकअप सेग्मेन्टमै पहिलो पटक ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ ।
स्किमअन्तर्गत एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनसका रुपमा ३ लाख रुपैयाँ, अनलिमिटेड फ्रि रोडसाइड असिस्ट्यान्स र ५ वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको समेत घोषणा गरेको छ ।
२.८ लिटरको इनलाइन ४ सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड हाई प्रेसर कम रेलसहितको टर्बो चार्ज र इन्टरकुल फोर वाइड र ५ स्पिड म्यानुअल ट्रान्समिसन इन्जिन भएको टुनल्यान्ड ईले ३६०० आरपीएममा ८५ किलोवाट र २४०० आरपीएममा २८० एनएम टर्क उत्पन्न गर्छ । एक टन पेलोड क्यापासिटी भएको टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मिटर बाई १.५८ मिटर बाई ०.४४ मिटर रहेको छ ।
एमएडब्लु वृद्धिका सेल्स हेड नविन आचार्यले आउँदा वर्षहरुमा पिकअपको भ्यालु उच्च रहने बताए । उनले यसलाई विश्वस्त तुल्याउन बाईब्याग स्किम ल्याएको पनि बताए ।
नेपालमा फोटनका उत्पादनको बिक्रीवितरण सन् २०१९ देखि हुँदै आएको छ । ती उत्पादनको प्रदर्शन सन्तोषजनक भएपछि एमएडब्लु वृद्धिले यस्तो विशेष योजना ल्याएको हो ।
फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो ।
फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई १ सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान बिक्रीवितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनमा १ सय पटकसम्म प्रेमीलाई फोन गर्ने किशोरी, ‘लभ ब्रेन’ नामक मानसिक समस्या पुष्टि
-
राष्ट्रपति पौडेल सर्वोच्च अदालतको चियापानमा सहभागी
-
बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
-
भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन
-
ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान
-
महासंघका प्रतिनिधिले भेटे पर्यटन मन्त्री, बजेटमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड