त्रिवि सुधारका लागि ५ वटा समिति गठन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सुधारका लागि विभिन्न ५ वटा समिति गठन गरिएका छन् । ती समितिहरूले आफ्नो काम गरिरहेका छन् ।
त्रिविले उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । उक्त समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन त्रिविलाई बुझाइसकेको छ ।
त्यस्तै प्राडा नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवं व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै प्राडा भिमसेन देवकोटाको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । उक्त समितिले त्रिविको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्रबिच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीतिगत एकरूपता कायम गर्न सुझाव दिनेछ ।
त्यस्तै प्राडा पुष्कर बज्राचार्यको संयोजकत्वमा पदाधिकारी नियुक्त गर्दा अपनाउनुपर्ने आधार र मापदण्ड तयार गरी सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।
नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले त्रिविमा देखिएका विविध समस्या समाधान गर्न समितिहरू गठन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण