राष्ट्रपति पौडेल सर्वोच्च अदालतको चियापानमा सहभागी
बुधबार, २६ वैशाख २०८१, १४ : ३६
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएका छन् । कार्यक्रममा प्रथम महिला सबिता पौडेल पनि उपस्थित भइन् ।
सो अवसरमा राष्ट्रपति पौडेललाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुष्पगुच्छा दिएर स्वागत गरेका छन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण