सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल सर्वोच्च अदालतको चियापानमा सहभागी

बुधबार, २६ वैशाख २०८१, १४ : ३६
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएका छन् । कार्यक्रममा प्रथम महिला सबिता पौडेल पनि उपस्थित भइन् । 

सो अवसरमा राष्ट्रपति पौडेललाई  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुष्पगुच्छा दिएर स्वागत गरेका छन् ।

ramchandra1

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप