विद्यार्थीले सत्ताको ताबेदारी गर्ने होइन : मन्त्री गिरी
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्ताको ताबेदारी नगरी नेतृत्व विकास गर्न विद्यार्थीहरूलाई अनुरोध गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कानुन तथा सङ्घीय मामिला विभागले नेपाल ल क्याम्पसमा कानुन दिवस २०८१ को सन्दर्भ पारेर आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री गिरीले विद्यार्थीहरूलाई यस्तो आग्रह गरेका हुन् ।
‘विद्यार्थी नेताहरूको काम भनेको हामीलाई खबरदारी गर्ने पनि हो । हामी गलत बाटो हिँड्न खोज्यौँ भने सच्याउने पनि हो,’ मन्त्री गिरीले भने, ‘दबाब र जागरणको भूमिका खेल्ने हो तपाईंहरुले, सत्ताको ताबेदारी गर्ने होइन । त्यो हिसाबले आफ्नो नेतृत्व विकास पनि गर्नुपर्छ ।’ उनले नेपालका ठूलठूला राजनीतिक परिवर्तनमा पार्टीका नेताहरूभन्दा पहिला विद्यार्थी नेताहरू पुगेर आन्दोलनको ज्वारभाटा सिर्जना गरेपछि सबै आन्दोलनको पछाडि हिँड्नुपर्ने स्थिति सिर्जना भएको बताए ।
मन्त्री गिरीले विद्यार्थीहरूलाई नेपालमा शिक्षाका समस्या के हुन् भन्ने विषयमा सबैभन्दा पहिले स्पष्ट भएर आफ्ना गतिविधि अघि बढाउन सुझाव समेत दिए । शिक्षामा हुनेखाने र हुँदा खाने बिचको वर्गीय विभेद कायम रहेसम्म ‘सुखी नेपाली समृद्ध नेपाल’को सङ्कल्प र समाजवादको लक्ष्य पूरा नहुने मन्त्री गिरीको भनाइ छ ।
विश्व बजारमा प्रतिस्पर्धा हुनसक्ने गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता रहेकाले त्यसतर्फ लाग्नुपर्ने मन्त्री गिरीको भनाइ छ ।
कार्यक्रममा नेशनल ल क्याम्पसमा अध्ययनरत छात्रा सदिक्षा अर्यालले पञ्चायतकालमा बनेको शिक्षा ऐन २०२८ ले आहिलेको एआई सूचना प्रविधिको युगलाई सम्बोधन गर्न नसक्ने भन्दै एकीकृत शिक्षा ऐनको आवश्यकता रहेको बताइन् । अनेरास्ववियु कानुन तथा सङ्घीय मामिला विभागका प्रमुख गोपाल नेपालले संविधानको धारा ३१ शिक्षा सम्बन्धी हकको अक्षरशः कार्यान्वयन र सचेतनाका लागि अनेरास्ववियुले दबाब र जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण