ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान
काठमाडौँ । वरिष्ठ गायिका ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित ‘चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०२४’ मा उनलाई शो सम्मान प्रदान गरिएको हो । मंगलबार साँझ सम्पन्न अवार्डमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राणालाई उक्त सम्मान प्रदान गरे ।
कार्यक्रममा अग्रज पत्रकार विजयरत्न तुलाधरले नगद राशिसहित पत्रकारिता रजत सम्मान प्राप्त गरे । नगद राशि शम्भुजित सेभेन नोट्स नामक संस्थाबाट प्रायोजन भएको थियो । सोही अवसरमा पत्रकार शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद देवकोटालाई पत्रकारिता सम्मान समेत प्रदान गरियो ।
वेमेन्स इरा एण्ड मिडिया ग्रुपले ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा गीत संगीत विशेष सम्मान सिक्किमका जीवन शर्मा र चलचित्र विशेष सम्मानबाट सिक्किमका अभिनेत्री रुश्मा राईले प्राप्त गरे ।
वर्षभरि बजारमा आएका नेपाली गीत संगीतलाई आधार मानेर कार्यक्रममा २९ विधामा अवार्ड वितरण गरिएको थियो । नेपाली गीत सङ्गीतका उत्कृष्ट प्रतिभाहरूलाई प्रोत्साहन गर्न अवार्ड वितरण गरिएको आयोजक संस्थाको अध्यक्ष गणेश सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण