सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

प्रदेश प्रमुखसँग परामर्शपछि सभामुख भेट्न जाँदै नेताहरू

बुधबार, २६ वैशाख २०८१, १२ : १३
बुधबार, २६ वैशाख २०८१

विराटनगर । एमाले र माओवादी नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङसँग परामर्श पछि प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टसँग परामर्शका लागि जाने भएका छन् । विराटनगरस्थित होटल बिगमा आज बिहान आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लिलाबल्लभ अधिकारी र माओवादी नेताहरू ईन्द्रबहादुर आङ्बो, जीवन आचार्य सहितको टोली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका थिए । 

प्रदेश प्रमुखसँग दिउँसो २ बजे पुनः छलफल गर्ने गरी उनीहरू बाहिरिएका छन् । त्यहाँबाट सिधै नेताहरू सभामुख विष्टसँग परामर्शका लागि जाँदै छन् । सभामुखलाई नेताहरूले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकोबारे प्रदेश प्रमुखलाई जानकारी दिन माग गर्ने बताइएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि एमाले–माओवादी नयाँ सरकार गठनमा लागेका हुन् । एमाले नेता कार्कीले मुख्यमन्त्रीले समयमा विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको आह्वान हुने विश्वास व्यक्त गरे ।

उता, प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । उक्त बैठकमा एमाले माओवादीको आग्रहमा प्रदेश प्रमुख खापुङले चाल्ने कदमपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप