प्रदेश प्रमुखसँग परामर्शपछि सभामुख भेट्न जाँदै नेताहरू
विराटनगर । एमाले र माओवादी नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङसँग परामर्श पछि प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टसँग परामर्शका लागि जाने भएका छन् । विराटनगरस्थित होटल बिगमा आज बिहान आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लिलाबल्लभ अधिकारी र माओवादी नेताहरू ईन्द्रबहादुर आङ्बो, जीवन आचार्य सहितको टोली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका थिए ।
प्रदेश प्रमुखसँग दिउँसो २ बजे पुनः छलफल गर्ने गरी उनीहरू बाहिरिएका छन् । त्यहाँबाट सिधै नेताहरू सभामुख विष्टसँग परामर्शका लागि जाँदै छन् । सभामुखलाई नेताहरूले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकोबारे प्रदेश प्रमुखलाई जानकारी दिन माग गर्ने बताइएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि एमाले–माओवादी नयाँ सरकार गठनमा लागेका हुन् । एमाले नेता कार्कीले मुख्यमन्त्रीले समयमा विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको आह्वान हुने विश्वास व्यक्त गरे ।
उता, प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । उक्त बैठकमा एमाले माओवादीको आग्रहमा प्रदेश प्रमुख खापुङले चाल्ने कदमपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण