सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कोशीको किचलो

आन्तरिक छलफलपछि एमाले–माओवादीले प्रदेश प्रमुखसँग परामर्श गर्दै

बुधबार, २६ वैशाख २०८१, ११ : २५
बुधबार, २६ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङसँग परामर्शमा जुटेका छन् ।

विराटनगरस्थित होटल बिगमा आज बिहान आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लिलाबल्लभ अधिकारी र माओवादी नेताहरू ईन्द्रबहादुर आङ्बो, जीवन आचार्य सहितको टोली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि अबको कदमबारे एमाले–माओवादीको संयुक्त बैठक बसेको थियो । 

एमाले नेता कार्कीले मुख्यमन्त्रीले समयमा विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको आह्वान हुने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप