शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा थप ४४ जनामा कोरोना पुष्टि

बिहीबार, ०९ वैशाख २०७८, १६ : ४९
बिहीबार, ०९ वैशाख २०७८

कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना पुष्टि भएको छ । आज १६२ नमुनाको परीक्षण गर्दा थप ४४ जनामा कोरोना पुष्टि भएको हो । 
संक्रमितमा धनगढीका ७  महिला, १७ पुरुष, कैलालीको गोदावरीका १ महिला ४ पुरुष, टीकापुरका १ महिला, २ पुरुष, गौरीगंगामा २ महिला, १ पुरुष, लम्कीका १ पुरुष ,जोशीपुरका २ पुरुष, भजनीका १ महिला, १ पुरुष, बेदकोट कन्चनपुरका १ पुरुष र कृष्णपुर कन्चनपुरका १ महिला, २ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

 ११८ नमुना भने नेगेटिभ आएको उनले बताए । कोरोना संक्रमित  २९ जना पुरुष र ८ महिलाको सेती प्रादेशिक धनगढीमा रहेको कोरोना अस्पतालमा उपचार भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप