८६ वटा दललाई निर्वाचन आयोगको ९ बुँदे ध्यानाकर्षण
काठमाडौं । निर्वाचन आयोगले खर्चको विवरणको नबुझाउने ८६ वटा राजनीतिक दलहरूलाई आइतबार ९ बुँदे ध्यानाकर्षणपत्र पठाएको छ । यसअघि आयोगले १३३ वटा दललाई स्मरण पत्र पठाएको थियो । संविधानले तोकेको समयमा अधिवेशन गरेको विवरण बुझाउनुपर्ने, पदाधिकारीहरु समावेशी हुनुपर्ने, स्थानीय तह र प्रदेशको विवरण जिल्ला निर्वाचन कार्यालयमा अभिलेख गराउनुपर्ने लगायतका निर्देशन आयोगले ती दललाई दिएको छ ।
दलहरुले बुझाउनुपर्ने लेखा परीक्षण प्रतिवेदन नबुझाउने दलहरूलाई २० हजारसम्म जरिवाना हुने सक्ने बताउँदै निर्वाचन आयोगले हिसाब नबुझाउने दलहरूलाई खर्च विवरण सार्वजनिक गर्न भनेको छ । तीन वर्षसम्म खर्च विवरण नबुझाउने दलहरूलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुने आयोगले बताएको छ ।
पार्टीको नाम, झण्डा, चिन्ह परिवर्तन भएको भए ३० दिनभित्र जानकारी गराउन आयोगले ताकेता गरेको छ । आयोगको निर्देशन उल्लंघन गर्ने दलहरूको दर्तासमेत खारेज गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण