सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति थापाले गरे पूर्वका गुल्मको निरीक्षण

बिहीबार, १६ वैशाख २०७८, १६ : ५५
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले मोरङको भैरव गण र काली शक्ति तथा तेह्रथुमको देवीवक्स गुल्मको निरीक्षण गरेका छन् ।  सेनापति थापाले बिहीबार दुवै जिल्लाका गुल्मको स्थलगत निरीक्षण गरेका हुन् । 
निरीक्षणका क्रममा त्यहाँको वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य पक्षको जानकारी लिएका छन् । निरीक्षणका क्रममा सकल दर्जालाई सम्बोधन समेत गरेका छन् । साथै सेनापति थापाले बैशाद १७ गते उदयपुरमा रहेका नेपाली सेनाका पशुपति प्रसाद गण, नयाँ श्रीनाथ र रणशार्दुल गणको निरीक्षण भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप