प्रधान सेनापति थापाले गरे पूर्वका गुल्मको निरीक्षण
बिहीबार, १६ वैशाख २०७८, १६ : ५५
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले मोरङको भैरव गण र काली शक्ति तथा तेह्रथुमको देवीवक्स गुल्मको निरीक्षण गरेका छन् । सेनापति थापाले बिहीबार दुवै जिल्लाका गुल्मको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा त्यहाँको वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य पक्षको जानकारी लिएका छन् । निरीक्षणका क्रममा सकल दर्जालाई सम्बोधन समेत गरेका छन् । साथै सेनापति थापाले बैशाद १७ गते उदयपुरमा रहेका नेपाली सेनाका पशुपति प्रसाद गण, नयाँ श्रीनाथ र रणशार्दुल गणको निरीक्षण भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण