निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो नागढुङ्गा नाका (भिडियो)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले अघिल्लो वर्ष लकडाउन जारी गरेपछि सर्वसाधारणले घर फर्किन हैरानी पाएका थिए । तर यो वर्ष सरकारले उपत्यकामा लकडाउन सुरु गर्नुभन्दा ३ अगाडि नै जानकारी दिँदा काठमाडौं बाहिर जान चाहने धेरै सर्वसाधारणले राहत पाएका छन् । मंगलबार र बुधबार झन्डै १० लाख हाराहारी सर्वसाधारणले काठमाडौंँ छाडेकाले बिहीबारदेखि सुरु भएको २ साता लामो लकडाउनमा पैदलै घर जानेहरू सडकमा देखिएनन् ।
बिहीबार काठमाडौं भित्रिने र बाहिरिने प्रमुख नाका थानकोट नागढुङ्गा सामान्य अवस्थामा थियो । सो नाका हुँदै अघिल्लो वर्षजस्तो काठमाडौं छोड्न पैदलै घर हिँड्नेहरूको संख्या अत्यन्तै न्यून थियो । धादिङमा लकडाउन नभएका कारण काठमाडौँमा रहेका सो जिल्लाका केही सर्वसाधारणहरू ट्याक्सीमा नागढुङ्गासम्म पुगेका थिए । नागढुङ्गाबाट केही अगाडिसम्म पैदलै र त्यहाँबाट गाडी चढेर केही सर्वसाधारणहरू गन्तव्यतिर गइरहेका थिए । यस्तै काठमाडौं बाहिरबाट अघिल्लो दिन नै हिडेँका केही यात्रुबाहक बसहरु काठमाडाैँ भित्रिरहेका थिए । खाद्यवस्तु ढुवानीका सवारी साधान, तरकारी, खसी चौपाया, इन्धन लगायतका सामग्री बोकेका सवारी साधनहरु काठमाडौँ भित्रिरहेका थिए ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण