अन्याय भएपछि बाध्य भएर अदालत आएका हौँ : मन्त्री पाण्डे
लुम्बिनी प्रदेशमा सभामा जनता समाजवादी पार्टी (जसपा)बाट सांसद बनेका ४ सदस्यलाई कारबाहीको पत्र पाएलगत्तै पदमुक्त गराएको प्रदेशसभाले आज आफ्नो वेबसाइटबाट नाम हटाएको छ । पार्टीबाट कारवाहीको पत्र आएपछि लुम्बिनी प्रदेशसभा सचिवालयको वेबसाइटबाट उनीहरुको नाम हटाइएको हो । नाम हटाएका मन्त्रीहरु भने पार्टी र प्रदेश सभाले आफुहरुलाई अन्याय गरेको भन्दै चार जनाले सर्वोच्च अदालतमा रिट दायर गर्नको लागि अहिले सर्वोच्च अदालतमा पुगेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै प्रदेश सरकारमा मन्त्री बन्न गएका जनता समाजवादी पार्टीका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीले कारवाही गरी प्रदेशसभाबाट हटाएपछि कानूनी उपचार खोज्न लागी सर्वोच्च अदालतमा गएको मन्त्री सन्तोषकुमार पाण्डेले रातोपाटीलाई बताए । उनले पार्टी र प्रदेशसभा सचिवालयविरुद्ध मुद्दा हाल्न लागेको बताए । उनले भने, ‘रिटको लेख्ने काम भइरहेको छ, हामी अदालतमा नै छौँ हामीमाथि अन्याय भएपछि बाध्य भएर अदालत आएका हौँ ।’
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा कल्पना पाण्डेबाहेक बाँकी तीन जनाको पनि हस्ताक्षर रहेको छ ।
जसपाको निर्णय अनुसार चारै जना सांसद पदमुक्त भएको सूचना प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले हस्ताक्षर गरेर जारी गरेका थिए । लुम्बिनी प्रदेशमा जसपका ६ जना प्रदेशसभा सदस्यमध्ये ४ जना सरकारमा गएका थिए भने दुई जना सरकारविरुद्धको अविश्वास प्रस्तावको पक्षमा रहेका छन् । प्रदेश सभाको विशेष बैठक १९ गतेको लागि आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण