'हट स्पट’ बन्दै काठमाडौं : कुन वडामा कति संक्रमित ?
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा अति प्रभावित जिल्लाका रुपमा काठमाडौंसमेत परेको छ । काठमाडौं जिल्लामा मात्रै दैनिक १५ सयभन्दा बढी कोरोनाभाइरस कोभिड–१९ संक्रमित भेटिन थालेका छन् । जिल्लाभित्र पनि काठमाडौं महानगरपालिका संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ ।
गत वर्ष कोरोनाको सुरुवात काठमाडौंबाटै भए पनि पहिलो लहर तराई क्षेत्रबाट फैलिएको थियो । त्यसको केही महिनापछि मात्रै काठमाडौंमा संक्रमणको ग्राफ उकालो लागेको थियो । यसपटक भने शुरुमै अति प्रभावित जिल्लाका रुपमा काठमाडौं परेको र संक्रमणको गति तिव्ररुपमा बढिरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले रातोपाटीलाई बताए ।
कोरोना महामारीको पहिलो लहरमा विशेष गरेर स्थलमार्ग हुँदै विभिन्न सीमा नाकाबाट उपत्यका प्रवेश गर्नेहरुले बढी संक्रमण भित्र्याएका थिए । यसपटक भने समुदायभित्रै नजानिँदो पाराले संक्रमण फैलिएको र ह्वात्तै बढेको डंगोल बताउँछन् ।
काठमाडौं महानगरपालिका ३२ वटा वडामा हालसम्म ३७ हजार २२२ जना कोरोना संक्रमित भइसकेका छन् ।
२६० को मृत्यु, होम आइसोलेसनमा १४४४
हाल काठमाडौंमा होम आइसोलेसनमा १ हजार ४४४ जना छन् । संस्थागत आइसोलेसनमा ३४ जना छन् । संक्रमणका कारण महानगरभित्र हालसम्म २६० जनाको मृत्यु भइसकेको छ ।
यहाँ सक्रिय संक्रमितको संख्या १ हजार ५७२ जना रहेको महानगरपालिका प्रवक्ता डंगोलले जानकारी दिए ।
कोरोना संक्रमण दर तिव्ररुपमा बढ्दा काठमाडौं उपत्यकाका अस्पतालहरुमा बिरामीले हत्तपत्त भर्ना पाउने अवस्था छैन । काठमाडौं उपत्यकाका अस्पतालहरुमा देशभरका विभिन्न ठाउँबाट संक्रमितहरु उपचारका लागि आउने गरेका छन् । संस्थागत आइसोेलेसनमा भन्दा होम आइसोलेसनमा बस्नेहरु काठमाडौैं महानगरपालिकामा बढिरहेको महानगरका प्रवक्ता डंगोल बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण