शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मास्क प्रयोग नगरे सय रुपैयाँ जरिवाना !

आइतबार, १९ वैशाख २०७८, २२ : २७
आइतबार, १९ वैशाख २०७८

सुर्खेत । कर्णालीको प्रवेशद्वारको रुपमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाले मास्क प्रयोग नगर्नेलाई रु. १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो निर्णय गरिएको जानकारी दिएको हो । 

यस्तै  बिहान ६ बजे देखि ८ बजे सम्म दैनिक उपभोग्य पसल खुल्ने भएका छन् ।  कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा दैनिक उपभोग्य अत्यावश्यक सामाग्रीका पसलहरु जस्तै खाद्यान्न, तरकारी, दुध र ग्यास पसल मात्र खुल्ला हुने भएका हुन् ।  उक्त, कार्य गर्दा सञ्चालक र ग्राहकवर्गहरुले अनिवार्य जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने पनि नगरपालिकाले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप