‘सरकारप्रति ८५ प्रतिशत चिनियाँहरू सन्तुष्ट’
एजेन्सी । स्पेनको चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्ट रहेको सार्वजनिक गरेको छ । चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ । पश्चिमी मुलुकहरूले चीनलाई बदनाम बनाउने उद्देश्य बोकेको दावी गर्दै उनले आफ्नो स्वार्थलाई संरक्षण गर्न पश्चिमा मुलुकहरूले गरेको प्रचारप्रसारलाई चिनियाँ परिवेशमा नरुचाइने गरेको उल्लेख छ ।
जिलियो रियोसले चीन नीति सर्वेक्षण गर्ने एउटा वेबसाइटलाई उद्धृत गर्दै बिहीबार प्रकाशित लेखमा ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्टि व्यक्त गरेका बताए । रियोसका अनुसार ३५ प्रतिशत अमेरिकीहरु मात्रै अमेरिकी सरकारप्रति सन्तुष्ट छन् तर चीनको सार्वजनिक जनमत सरकारद्वारा निरन्तर रुपमा जनताको जीवनलाई सुधार गरिरहेको आधारमा जन्मिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छाया सेन्टर विवाद : संयुक्त राष्ट्र संघीय विज्ञहरूद्वारा चिन्ता व्यक्त
-
सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
‘संसद्मा सहकारी ठग जोगाउने र कारबाही गर्ने पक्ष देखियो’
-
सहकारी नियमनमा किन कमजोर भयो स्थानीय सरकार ?
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले छाडेनन् निवास
-
संवैधानिक आयोगहरूमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन : मन्त्री जोशी