कोरोनाबाट मृत्यु भएकाको मलामीमा २५ जना सहभागी हुन पाउने
बुधबार, २९ वैशाख २०७८, १८ : ०९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहरको कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन (मलामी)मा २५ जना सहभागी पाउने जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितको मृत्यु भई शव व्यवस्थापन गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी मलामी सहभागी नहुन आग्रह गरेको हो । सो सम्भव नभएमा नेपाली सेनाले शव व्यवस्थापन गर्ने जनाएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
संक्रमित व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने मन्त्रालयको भनाइ छ । यद्यपि २५ भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सहभागी हुनुपर्ने मन्त्रालयले भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?