वर्ल्डलिंकका सञ्चालक जलानको कोभिड–१९ संक्रमणका कारण मृत्यु
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जालानको कोभिड–१९ संक्रमणका कारण बिहिबार निधन भएको छ । कम्पनीको संस्थापक समेत रहेका जालानको बिहीबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
करिब दुई साता अघि कोभिड–१९ को संक्रमणको आशंका भएपछि परिक्षण गराएका जालानको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए । सोही उपचारकै क्रममा बिहीबार विहान उनको मृत्यु भएको हो । जालान ४७ वर्ष उमेरका थिए ।
जालान वर्ल्डलिंकका संस्थापकहरूमध्ये एक थिए, जसले इन्टरनेट सेवा प्रदायक संस्थालाई तल्लो तहबाट नेपालकै ठूलो आईएसपी बनाउन योगदान दिएका थिए । जालानको आकस्मिक निधनलाई वर्ल्डलिंकले अपूरणीय क्षति भएको जनाएको । ‘वर्ल्डलिंकलाई युगान्तकारी र ग्राहक सेवामा समर्पित संस्थाका रूपमा विकास गर्नमा उहाँको दूरदृष्टि, मार्गदर्शन र सक्रिय सहभागिताको अहम भूमिका रहँदै आएको थियो, आउँदा दिनमा वर्ल्डलिंक परिवारलाई जसको अभाव अत्यधिक हुनेछ,’ वर्ल्डलिंकले भनेको छ ।
जालान इनटरनेट सेवा प्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी समिती सदस्यसमेत थिए । उनी जलेश्वरनाथ विकास समाजका अध्यक्ष हुनुहन्थ्यो साथै लोककल्याणकारी कार्यहरु र सामाजिक सेवाका क्षेत्रमा पनि सुपरिचित थिए । राधेराधे र मानव सेवा आश्रमसँगै कैयौं धर्मशाला, विद्यालय र अन्य सामाजिक संघसंस्थाहरुमा उनी सदैव क्रियाशील थिए । व्यवसायमा अत्यधिक कुशाग्रता, व्यावहारिक दृष्टिकोण एवं सहयोगी र सदाचारी स्वभावका लागि उनलाई चिन्नेजान्नेहरूलाई उनको ठूलो अभाव महसुस हुने वल्ल्डलिंकले जनाएको छ ।
कम्पनीले उनका वुवा वुद्धदेव जालान, दाजुहरु अनिल जालान, अरुन जालान, श्रीमती अनुपा जालान र छोरा अश्विन जालानप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने