विराट शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट, २ जना पक्राउ
मङ्गलबार, ०४ जेठ २०७८, १३ : २१
मोरङको बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले बूढीगंगा २ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरेको हो ।
सोमबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उनीहरुले सडक दुर्घटनामा घाइते भई अस्पताल भर्ना गरिएकी एक वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै चिकित्सक रेग्मी र स्वास्थ्यकर्मी बस्नेतमाथि आक्रमण गरी घाइते बनाएका थिए ।
आक्रमणबाट डा.रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं