शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीट्जरल्याण्डद्वारा ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग, तस्विरमा हेर्नुहोस्

शनिबार, ०८ जेठ २०७८, ११ : १७
शनिबार, ०८ जेठ २०७८

स्वीट्जरल्याण्डले नेपाललाई कोभिड–१९ को संकटविरुद्ध लड्न ८० लाख अमेरिकी डलर बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

कूल तीस टन तौल बराबरको स्वास्थ्य सामग्रीमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन टेस्ट किट, १ लाख १० हजार के एन९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।

‘स्वीट्जरल्याण्ड कोभिड–१९ महामारीको विरुद्धको लडाईंमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिन्छ,’ राजदूत क्यापेलरले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप