गण्डकीमा थप ९४६ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ०९ जेठ २०७८, १८ : ०४
गण्डकी प्रदेशमा थप ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशको मुस्ताङ बाहेका १० जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परिक्षणमा ९४६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५०३ जना पुरुष र ४४३ जना महिला रहेका छन् ।
गण्डकी प्रदेशमध्ये कास्कीमा सबैभन्दा धेरै २९५ र सबैभन्दा कम मुस्ताङमा २ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा २९५,म्याग्दीमा १८१, गोरखामा १७१, बागलुङ ९५ स्याङजा ९०, तनहुँ ६१,पर्वत १८,नवलपरासी पूर्व २५,लमजुङ ८ र मुस्ताङमा २ जना संक्रमित भेटिएका छन ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४ हजार ५८२ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण