भारतमा फेरि बढ्दै संक्रमित, ३ हजार ८४१ जनाको मृत्यु
बिहीबार, १३ जेठ २०७८, १० : ५१
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ ।
पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।
नयाँ संक्रमित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्रमितको संख्यामा भने गिरावट आएको छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्रमित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी पाइएको छ ।
भारतमा हालसम्म २.७३ करोड मानिस संक्रमित भइसकेका छन् भने यसमध्ये २.४६ करोड निको पनि भएका छन् । मृतकको संख्या ३.११ लाख रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण