आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोभिड- १९ बाट मृत्यु हुने दरमा १७ प्रतिशतले कमी

बिहीबार, १३ जेठ २०७८, २३ : २९
बिहीबार, १३ जेठ २०७८

अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट २३ हजार १६२ जना सङ्क्रमित भएका छन् । यसैगरी उक्त अवधिमा कोरोना भाइरसबाट ५२२ जनाको मृत्यु भएको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । 

कोरोनाबाट संक्रमण हुनेको सङ्ख्यामा विगत दुई हप्तामा ३७ प्रतिशतले कमी आएको छ । अमेरिकामा हालसम्म कूल पाँच लाख ९१ हजार ५९३ जनाको निधन भएको छ भने दुई हप्तामा १७ प्रतिशतले मृत्यु सङ्ख्या घटेको छ ।

हाल अमेरिकामा २७ हजार ९४६ अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या २३ प्रतिशतले घटेको छ । अघिल्लो दिन अमेरिकामा नौ लाख ८६ हजार ३९५ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहिबार बिहान मे २७ सम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ८९५ रहेको छ ।

अमेरिकामा कूल २८ करोड ९२ लाख १२ हजार ३०४ जनाले कम्तिमा एक खोप लगाएका छन् । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४० प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको सङ्ख्या ५० प्रतिशत पुगेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप