अमेरिकामा कोभिड- १९ बाट मृत्यु हुने दरमा १७ प्रतिशतले कमी
अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट २३ हजार १६२ जना सङ्क्रमित भएका छन् । यसैगरी उक्त अवधिमा कोरोना भाइरसबाट ५२२ जनाको मृत्यु भएको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ ।
कोरोनाबाट संक्रमण हुनेको सङ्ख्यामा विगत दुई हप्तामा ३७ प्रतिशतले कमी आएको छ । अमेरिकामा हालसम्म कूल पाँच लाख ९१ हजार ५९३ जनाको निधन भएको छ भने दुई हप्तामा १७ प्रतिशतले मृत्यु सङ्ख्या घटेको छ ।
हाल अमेरिकामा २७ हजार ९४६ अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या २३ प्रतिशतले घटेको छ । अघिल्लो दिन अमेरिकामा नौ लाख ८६ हजार ३९५ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहिबार बिहान मे २७ सम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ८९५ रहेको छ ।
अमेरिकामा कूल २८ करोड ९२ लाख १२ हजार ३०४ जनाले कम्तिमा एक खोप लगाएका छन् । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४० प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको सङ्ख्या ५० प्रतिशत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण