...त्यसपछि पार्टी फुट्दैन, ब्रेक थ्रु हुन्छ : रिजाल
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सैद्धान्तिक, वैचारिक विवाद नभएको दावी गरेका छन् । उनले पार्टीको संगठनात्मक व्यवस्थापनका बारेमा विवाद भएपनि जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुने आशा व्यक्त गरेका छन् । साथै उनले त्यसपछि भित्र र बाहिरबाट जतिसुकै प्रयत्न गरेपनि पार्टी नफुट्ने बरु ब्रेक थ्रु हुने जनाएका छन् ।
‘नेकपा (एमाले) मा सैद्धान्तिक–बैचारिक विवाद छैन र यस सिंगो प्रकरणमा त्यस्ता कुनै पनि मुद्दा देखा परेका छैनन् । संगठनात्मक व्यवस्थापनका बारेमा विवाद छ, जुन जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ, सबै नेता–कार्यकर्ताले काम गर्न पाउने वातावरण बन्छ । त्यसपछि भित्र र बाहिरबाट जति प्रयत्न गरे पनि पार्टी फुट्दैन । आशा गरौँ, छिट्टै यसमा ’ब्रेक थ्रु हुन्छ’, सामाजिक सञ्जालमा रिजालले बिहिबार लेखेका छन् ।
नेकपा एमालेका दुवै पक्षको बैठकको पूर्व सन्ध्यामा रिजालको यस्तो भनाई आएको हो । एमालेको माधव समूहको केन्द्रीय समिति बैठक जारी छ भने ओली पक्षको अपरान्ह चार बजे स्थायी समिति बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण